
तिलोत्तमा सिटी, २९ भदौ २०७८। विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड-१९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले बुटवल तिलोत्तमा लागयत मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले सुनौलो युथ क्लब तिलोत्तमा-३ ले देउराली मेडिकल हालको प्राङ्गणमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। उक्त रक्तदान कार्यक्रममा ६५ जना रक्तदाताले रक्तदान जीवनदान गरेको क्लबका अध्यक्ष दुर्गा बहादुर सिंजालीले बताए।
रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप कोभिड-१९ को संक्रमणको पुरा सहजता नहुदासम्म रगत अभाव हुनसक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको संयोजक रंजित घलेले बताए । साथै सो रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रम संयोजक घलेले बताए। सामाजिक गतिविधिमा सहकार्य गर्दै आएको क्लबले यस क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउदै क्लबका अध्यक्ष सिंजालीले वृहत रक्तदान कार्यक्रममा उपस्थित सबैमा धन्यबाद ज्ञापन गरेका थिए।
कमेन्ट गर्नुहोस्