
तिलोत्तमा सिटी, २८ भदौ २०७८। चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ ।आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो ।आयोगले सोमबार सूची प्रकाशित गर्दै पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन आग्रह गरेको छ ।
विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने र कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख छ ।एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ । अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न नसकिने समेत जनाईएको छ ।पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनुपर्नेछ ।
छात्रवृत्तिको सूचीबाट हट्ने अवस्था
सःशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार भएको अवस्थामा म्याचिङमा समावेश हुन सक्नेछ ।असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनैपनि छात्रवृत्ति (विदेशी समेत) कोटा र सःशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख गरिएको छ ।सुची यस वेबसाइटको ई-पेपर मा राखिएको छ।
कमेन्ट गर्नुहोस्