
तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार ।सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ ।मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच अर्ब ५४ करोड रुपैयाँ र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित तालिका स्वीकृत गरेको छ ।यस्तै सरकारले दार्चुलाको छाङरुमा स्थापना भएका सशस्त्र प्रहरीका बीओपी र प्रहरी चौकीको ब्यारेक भवन बनाउन काठ उपयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्