लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।


हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ जसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना संक्रमित भेटिएका छन् ।काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित भेटिएका छन् ।त्यस्तै झापामा १२६, मोरङमा ११२, कास्कीमा १०५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्