लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ बुटवल सुनराइजको बृक्षारोपण तथा युवा सचेतना कार्यक्रम

IMG

तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। लायन्स क्लव अफ बुटवल सनराइजको बृक्षारोपण तथा युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।बुटवल-७ शिवनगरमा रहेको शिबनगर सामुदायिक बनमा बृक्षारोपण तथा युवा सचेतना कार्यक्रम गरिएको क्लवका अध्यक्ष शन्कर पाण्डेले बताए  । कार्यक्रममा प्रमुख अतिथी क्लबका सस्थापक अध्यक्ष समुन्द्र श्रेष्ठले बिरुवा रोपेसंगै विरूवाको संरक्षण गर्नु र हुर्काउनु पनि दायित्व भएको बताए । कार्यक्रममा बोल्दै अर्का अतिथि समुद्र घिमिरेले समाजप्रतिको उत्तरदायित्व युवाहरुले पुरा गर्नुपर्ने कुरामा जोड दिदै युवाहरु सामाजिक कार्यमा अगाडि सर्न अपिल समेत गरे।क्लबका सह-सचिव तथा कार्यक्रम संयोजक दीपेन्द्र भुसालले स्वागत मन्तव्य राख्दै बृक्षारोपण तारजाली संगै ब्यबस्थित रुपले अगाडी बढ्ने जानकारी दिए। 


स्थानिय युवाको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा क्लबका उपाध्यक्ष राजन पाण्डेय,इपल भन्डारी, बिकास पन्थी ,सबिन पाण्डे, अर्जुन के.सि ,स्थानिय युवा समुन्द्र घिमिरे ,सन्जु घिमिरे ,गौरब लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा १५ विभिन्न प्रजातिका बिरूवा तारजाली लगाई राेपिएको क्लबका उपाध्यक्ष राजन पाण्डेयले बताए ।

कमेन्ट गर्नुहोस्