लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,१४ भाद्र २०७८,सोमबार। पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 7 लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।


मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्