लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीमानको हत्या आरोपमा दाङमा एक महिला पक्राउ

IMG

तिलोत्तमा सिटी,१४ भाद्र २०७८,सोमबार। श्रीमानको हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्