
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। तिलोत्तमा रक्तदाता समाज र नमुना युवा क्लबले सयुक्त रुपमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम तिलोत्तमाको सेमरामा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका जन प्रतिनिधि तथा वार्ड नम्बर ७ का सदस्य देवि प्रसाद पङ्गेनीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा दुबै सस्थाका अध्यक्षहरुले सयुक्त रुपमा अध्यक्षता ग्रहण गरेका थिए।सो कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको तिलोत्तम रक्तदाताका अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी गराउदै अबको आवमा जिल्लामै रगत संकलन गर्ने सस्थामा प्रथम हुने प्रतिबद्धता जनाउनुभयो ।
रक्तदान जस्तो महान एबम पबित्र कार्य गर्दै शहर देखि गाउँगाउँसम्म जनचेतनाको दियो बालेकोमा क्लब र आयोजक प्रति हार्दिक धन्यबाद ज्ञापन गरेदे रक्तदान समाजको आवस्यक्ता रहेको प्रमुख अतिथी पङ्गेनीले बताउनुभयो। सो अवसरमा बोल्दै नमुना युवा कल्बका अधयक्ष बलिराम मालीले रक्तदान मा जुट्नुहुनेसबै सेमरा र आसपासका जनताहरुमा ध्यांबाद ज्ञापान गर्दै आगामी दिनमा क्लबको कार्यमा सधै सहयोग रहने अपेक्षा गर्नुभएको थियो। तिलोत्तमा रक्तदाता समाजको यो नियमित ९ औ कार्यक्रम रहेको र गत पुस महिनाबाट रक्तदान सुरु गरेको हो। हालसम्म यस सस्थाले करिव ६०० भन्दा बढी रगत सन्कलन गरि ब्लड बैंकलाइ बुझाइ सकेको तिलोत्तमा रक्तदाता समाज का महासचिव अरुण पन्थी ले जानकारी गराउन भयो ।
कार्यक्रममा सेमरा टोल बिकास समितीका अध्यक्ष, नमुना युवा क्लबका सबै सल्लाहकार, दुबै सस्थाका कार्य समितीका पधाधिकारीहरुको बाक्लो सहभागिता रहेको सो कार्यक्रममा बोल्दै सबै वक्ताहरुले रक्तदान जस्तो पवित्र कार्य आयोजना गरेकोमा दुबै सस्थाको खुलेर प्रसम्सा गरेका थिए ।
यस क्षेत्रकै पुरानो हाटबजार सेमरामा सम्पन्न भएको सो कार्यक्रमको संचालन तिलोत्तमा रक्तदाता समाजका महासचिव अरुण पन्थीले गर्नुभएको थियो भने सो कार्यक्रमको सम्योजन सोही सस्था कै सदस्य अर्जुन पान्डेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्