लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युरोप पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ

IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको महाशाखाले जनाएको छ ।पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।

कमेन्ट गर्नुहोस्