
तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। कोरोना महामारीको दोस्रो लहरका कारण यो वर्ष विद्यालय खुल्नै पाएका छैनन् । स्थानीयले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्यांकनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोडिरहेका छन् ।महामारीको अप्ठ्यारो अवस्थामा सरकारले ल्याएको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यालयहरुले बालबालिकाहरुलाई सिकाइसँग जोडेका छन् ।
विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिने उद्देश्यले ल्याइएको निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन, खुला शिक्षाबाट बालबालिकालाई सिकाइसँग जोड्न सकिने उपाय दिएको छ । बजार, सहरी क्षेत्रका अधिकांश बालबालिका अनलाइन कक्षामा जोडिएका छन् ।तर एकोहोरो अनलाइन कक्षाले बालबालिकालाई नकारात्मक प्रभाव पार्न थालेको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । विद्यालयको निरन्तर एकतर्फी कक्षाले उनीहरूको शारीरिक तथा मनोसामाजिक स्वास्थ्यमा असर देखिन थालेको अभिभावकहरुको भनाइ छ ।
कमेन्ट गर्नुहोस्