लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल :शुविषा

tillotmacitynews - 2021 Aug 19 05:51 PM
IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार।


सधै ठाडो शिर  पारी  अघि सर्न सकु म 

 हरेक समस्याको समाधान गर्न सकु म!!


आउने आपत्ति र बिपत्ति सँग भिडन्त गर्दै 

सुख शान्ति समृद्धिको बाटोमा पर्न सकु म !!


लोभ लालच छलकपट नराम्रो बानी फालेर 

दया माया सद्भाव मनमा सधै भर्न सकु म !!


छरछिमेक गाउँ समाजमा सबैसँग मिलेर 

घरऑगनमा शान्तिको बिउ छर्न सकु म!!


अभावै अभावको महासागरमा परे पनि 

मेहनत र परिश्रमले त्यसलाई तर्न सकु म!!


रीता ( शुविषा ) भट्टराई

कमेन्ट गर्नुहोस्