लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट नेपालमा थप ३३ जनाको मृत्यु ,२३२१ जनामा कोरोना भाइरस संक्रमण

IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। ​नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ ।२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ छ ।


रूपन्देहीमा ४२ जना संक्रमित थपिए :

रूपन्देहीमा ४२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १८९ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।योसँगै जिल्लामा ४५६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ८ जना निको भएका छन् ।आज थपिएका संक्रमितमध्ये १६ जना बुटवलमा, ३ जना सिद्धार्थ  नगरपालिकामा, ८ जना तिलोत्तमामा, ६ जना देवदहमा, ५ जना सैनामैनामा र कञ्चनमा, शुद्धोधन र सम्मरीमाईमा एक–एक जना संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३० हजार ७५  पुगेको छ।

 ​

कमेन्ट गर्नुहोस्