
तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र लाइसेन्सको ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताएका छन । निषेधाज्ञा खुलेर चहलपहल बढदै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले जानकारी दिए ।
विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गते देखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदन मध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायलको हुने अन्योल भए पछि आवेदन अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र लाइसेन्सको ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताएका छन ।
कमेन्ट गर्नुहोस्