लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झण्डै ५ हजार जनामा कोरोना संक्रमण, एकै दिन ३५ जनाको मृत्यु

tillotmacitynews - 2021 Aug 10 04:28 PM
IMG

तिलोत्तमा सिटी,२६ साउन २०७८,मंगलबार। पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १०३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।


कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९५, झापामा २९७, कास्कीमा २९४, ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै चितवनमा १७९, मोरङमा १६४, भक्तपुरमा १५२, सुनसरीमा १३९, काभ्रेपलाञ्चोकमा १३८, र नवलपरासी पूर्वमा १०० जनामा कोरोना संक्रमण देखिएको छ ।बागलुङमा ७१, नुवाकोटमा ५७, रुपन्देहीमा ५३, दोलखामा ४८, गोरखामा ४१, मकवानपुर र सुर्खेतमा ३५/३५ जना, स्याङजामा २८, कैलालीमा २४, कञ्‍चनपुरमा २१, तनहुमा २०, सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्