लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कोरोनाको रेकर्ड ब्रेक,आज सबैभन्दा बढी संक्रमित

tillotmacitynews - 2021 Aug 04 04:59 PM
IMG

तिलोत्तमा सिटी,२० साउन २०७८,बुधबार। रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रमले हरेक दिन रेकर्ड ब्रेक गर्न थालेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा साउन लागे यताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार रेकर्ड ब्रेक गर्दै ५४ जना थपिएकोमा आज ५६ थपिएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ५६ संक्रमित थपिँदा बुटवल उपमहानगरमा मात्र २२ जना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा ११ जना, सैनामैनामा ५ जना, तिलोत्तमा, देवदह, कञ्चन र लुम्बिनी सांस्कृतिक नगरमा ४/४ जना तथा रोहिणी र ओमसतियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।आज थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्