
तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयप्रति विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन चर्काएका छन् ।उनीहरुले क्याम्पसमै मंगलबार पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले ५ बुदे निर्णय गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो ।ईकाईले गरेको आन्दोलन थप लियो र प्रभावकारी बनाउन जिल्ला र केन्द्र नेतृत्वसंग समन्वय गर्दै अगाडी बढ्ने जनाएका छन् । यही साउन २४ गते भित्र क्याम्पसले एमबीएस सूचारु गर्ने सूचना प्रकाशन नगरेमा क्याम्पस प्रमुख र व्यवस्थापन समिति अध्यक्षलाई २५ गतेदेखि अनिश्चितकालका लागि क्याम्पस प्रवेश गर्न नदिने अनेरास्वकिय क्रान्तिकारीका जिल्ला सचिब बिराज चालिसेले बताए ।
विद्यार्थीहरुले एमबीएस एफले एमबीएसलाई प्रतिस्थापन गर्न नसक्ने भन्दै एमबीएसलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले यसअघि पनि पटकपटक तालाबन्दी गर्ने लगाएतका आन्दोलनका कार्यक्रम गर्दै आएको थिए ।सो अवसरमा नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले व्यक्तिगत स्वार्थको लागि त्रिविका कुनैपनि विषय क्याम्पसबाट हट्न नदिने बताए । उनले क्याम्पसलाई स्वायत्त बनाउन खाका तयार पारेर विद्यार्थी संगठन तथा सरोकारवाला सँग छलफल गरेर मात्रै अगाडी बढाउनुपर्ने बताए ।पौडेलले स्वायत्तको नाममा क्याम्पसले विद्यार्थीलाई महंगो शुल्क तिर्न बाध्य बनाउन खाजेको आरोप लगाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड हुन नदिने बताए । क्याम्पसले एमबिए स र बीबीएस हटाउदा मात्रै एक सेमेष्टरमा १ हजार ५ सय बिद्यार्थी पठनपाठनबाट बन्चित हुने अवस्था आउने उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसका उपसभापति अशोक गौतम, ओमहरी आचार्य, विद्यार्थी नेताहरु सिद्धार्थ श्रेष्ठ, श्रीधर बस्याल अखिल क्रान्तिकारीका प्रशान्त बन्जाडे, अखिल छैठौंका अमृत पौडेल, अखिल क्रान्तिकारीका नयन अर्याल लगायतका विद्यार्थीहरु सहभागि थिए ।
हेराैँ प्रेस बिज्ञप्ति :-
कमेन्ट गर्नुहोस्