तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार।
सुकेको रूखलाई हेर तिमीले
जसमा मेरो जीवन पाउँनेछौ
बलेको आगोमा हेर तिमीले
जसमा म बलिरहेको पाउँनेछौ ।
ढुङ्गा ,पत्थर जति सारो हुन्छ
मेरो मन मस्तिष्क उति गाह्रो हुन्छ
विचार गरेर मात्र बोल्ने गर्छु म
सबैलाई समान व्यवहार छर्छु म
जीवन कठिनाई बाधाले घेरिएको छ
समयसँगै हरेक कुराहरु पनि फेरिएको छ
न त बोल्न सके जीवनमा न त केही गर्न नै
गोरेटोमा अड्किएर आभास रह्यो मनमा नै ll
प्रकृतिको माया साथमा रम्ने मान्छे हुँ म
कसैको सहारा बिना नै हिँड्ने मान्छे हुँ म
संसार स्वार्थी बन्दै गएको छ हेर
डर, त्रासमा सधैँ मनमा भएको छ हेर ll
झमझम पानी परिरहेको बेला
रुझ्न मन लाग्ने यो मन कस्तो होला
जीवन अन्धकारबाट एक उज्यालोतिर फर्कियोस्
आशा कति जिन्दगीका यसरी पानीसरी न दर्कियोस् ll
हेर जसमा मलाई पाउँनेछौ
रिता खराल, रुपन्देही
कमेन्ट गर्नुहोस्