लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाको कारण देवदहका विद्यालय बन्द

IMG

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। कोरोनाको तेस्रो भेरियण्टको आगमन संगै बाल बालिकामा समेत असर देखिन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी संगै  रुपन्देहीको पूर्वी भौगोलिक स्थान देवदह नगरपालिकाले नगरभित्र संचालित सम्पुर्ण विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणमा आईनसकेको र तेस्रो भेरियन्टको खतरा समेत बढ्दै गएको उल्लेख गर्दै कहिले काही खुलेका तथा विभिन्न बहानामा स्कुल संचालनमा आएको थाहा पाएपछि नगरपालिकाले नगर भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु अर्को सूचना नभएसम्मको लागि बन्द गर्न निर्देशन गरेको हो । 


देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माद्वारा जारी सूचनामा सबै शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षाहरु, ट्युसन इन्स्टिच्युट तालिम केन्द्र लगायत पठनपाठन  तथा सिकाइसंग सम्बन्धित गतिविधिहरु सञ्चालन नगर्ने भन्ने निर्णय गरेको छ। सो निर्देशन पालनाका लागि नगरपालिकाको पूर्व सूचना बिना विद्यालय सञ्चालन नगर्न र आ-आफ्ना बालबालिकाहरुलाई विद्यालय नपठाउनु हुन अनुरोध समेत गरेको छ।  नगरले बैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । नगरपालिका द्वारा जारि सुचनामा  कहिँ कतैबाट निर्देशनको उल्लङ्घन गरेमा सुचना दिन अभिभावक लाइ आग्रह गर्दै त्यस्ता क्रियाकलापमा संलग्न सस्थालाई आवश्यक कारवाही गरिने  बताइएको छ । 

कमेन्ट गर्नुहोस्