लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी सरकारका प्रवक्ता चौधरीले भने-विश्वासको मत लिन्छौं

IMG

तिलोत्तमा सिटी,१२ साउन २०७८,मंगलबार। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए ।


जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए । यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ। यस्तै प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्