
तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार।निउरो गर्मीको समयमा पाइने उन्यु जातको बनस्पती हो । निउरो भिटामिन ए, सि, बि क्यरोटिनी ,ओमेगा–६ जस्ता तत्वहरुले भरिपूर्ण हुन्छ । निउरो क्यन्सरका बिरामी, रुगा ,खोकी , पेटको समस्या ,कब्जियत आदिका बिरामीहरुका लागि निउरो निकै फाइदाजनक हन्छ । नेपालमा निउरो विभिन्न प्रजातिका पाइन्छ । नेपालमा पाइने काली निउरोको औसधिय गुण परापुर्वकालदेखिनै प्रख्यात छ । यसको जरालाइ कुटेर जन्डिस,रगतमासी,घाँटी दुख्ने ,कब्जियत,अनियमित महिनावारी आदिका बिरामीहरुलाइ सेवन गर्ने चलन नेपालको ग्रामिण परिवेशमा निकै प्रचलित छ ।
निउरो खानुका यस्ता छन् फाइदाहरु
१ निउरोको नियमित सेवनले आखाँ तेजिलो हुन्छ भने र शरीरमा स्वस्थ प्रतिरक्षा प्रणाली बनाउन मद्धत गर्छ ।
२ भिटामिन ए, भिटामिन बि, भिटामिन सी को राम्रो स्रोत ।
३ यसमा फसफरसको मात्रा अधिक हुने भएकाले यसको सेवनले हड्डी स्वस्थ हुन्छ ।
४ मधुमेय तथा मुटु रोगीकालागी यो अत्तिनै हितकारी वनस्पति हो ।
५ निउरोको नियमित सेवनले अपच तथा कब्जियत निको हुन्छ ।
६ निउरोको प्रयोग छालाजन्य रोग र घाउ निवारणमा निउरोको प्रयोग गरिन्छ ।
७ निउरोले गर्भनिरोध गर्न सहयोग गर्छ ।
८ खोकीकोलागी यो उत्तम औषधि हो ।
९ यसमा प्रयाप्त आइरन र क्यालसियम तत्व हुन्छ ।
१० निउरोको झोल सर्पदंश तथा माउरीले टोकेको अवस्थामा प्राथमिक उपचारको रुपमा लागि प्रयोग गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्