लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका १४ सहित रुपन्देहीमा थपिए ३३ संक्रमित

IMG

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३२ रहेको छन्।

कमेन्ट गर्नुहोस्