लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका २१ सहित रुपन्देहीमा थपिए ४२ संक्रमित

tillotmacitynews - 2021 Jul 19 01:43 PM
IMG

तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २३५ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ४७ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २१ जना, बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १- १ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१८ रहेको छन्।

कमेन्ट गर्नुहोस्