लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका ८ सहित रुपन्देहीमा २१ जनामा संक्रमण

IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २१९ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ८ जना, तिलोत्तमा नगरपालिका r सिद्धार्थनगर नगरपालिकामा ४-४ जना, देवदह नगरपालिकामा २ जना, सैनामैना नगरपालिका, सियारी गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।


पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२९ रहेको छन्।

कमेन्ट गर्नुहोस्