लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका १२ सहित रुपन्देहीमा ३० संक्रमित थपिए

IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७५ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तामा नगरपालिकमा ७ जना, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा ४–४ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३३ रहेको छन्।

कमेन्ट गर्नुहोस्