
तिलोत्तमा सिटी ३० असार २०७८, बुधवार। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २२४ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगर- पालिकामा २४ जना, तिलोत्तमा नगरपालिकमा ८ जना, सैनामैना नगरपालिकामा ४ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२१ रहेको छन्।
कमेन्ट गर्नुहोस्