लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : नारी स्वतन्त्रता

tillotmacitynews - 2021 Jul 11 05:25 PM
IMG

असार २७ गते आईतबार २०७८ तिलोत्तमा सिटी।


मेरो मन चसक्क घोचिएको छ 

अन्तर्राष्ट्रिय नारी दिवश रे आज

एकदिन दिवश मनाउँदैमा के नारी ग्रेट हुन्छे त?

प्रत्येक दिन मनाउँन सक्नुपर्छ भन्ने मेरो मान्यता छ

किनकि नारी बिना यो सृष्टि असम्भव छ,

हरेक प्राणी कि जननी नारी हुन्

नारीमा आमा बन्ने शक्ति नहुँदो हो त

के कल्पना गर्न सक्छौं यो सृष्टि को?

समाजमा नारीवाद दोस्रो दर्जा दिईन्छ 

पुरुष र नारी यो एक्काइसौं शताब्दीमा पनि समान छैनौं

भन्न त भनिन्छ नारी पुरुष रथका दुई पांग्रा हुन् ,तरभनाईमा सिमित छ,


बिकसित मुलुकमा अवस्य समान देखिन्छन् 

तर गाँउ बस्ती,पिछडिएको समाज हेरौं

अझैं नारी अपहेलित छन् ,अशिक्षित छन्

घर गृहस्थीमा मात्र सिमित छन्,

 

बच्चामा बाबाको नियन्त्रणमा

बिबाह पछि श्रीमानको नियन्त्रणमा

बुढेसकालमा छोराको नियन्त्रणमा

विचार गर्नुहोस् यो अवस्था किन आयो?

किनकि नारी कहिल्यै शुरक्षित छैनन् ,

समाजको हेराई नबदलिए सम्म नारी शुरक्षित रहनै सक्दैनन् ।

त्ससैले आफ्नै घरबाट पहिले चेतना फैलाऔं 

नारी पनि पुरुष सरह स्वतन्त्र भएर हिड्न सकुन् 

समानताको अधिकार पाइयोस् 

दिनका दिन नारी दिवश होस् 

मेरो तर्फ बाट सम्पूर्ण नारीलाई यहि शुभकामना !!


✍️शर्मिला श्रेष्ठ

 काठमाडौँ ,नेपाल

    हाल अमेरिका


कमेन्ट गर्नुहोस्