लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकडोज मात्रै लगाए पुग्ने १५ लाख अमेरिकन कोरोना खोप,यसैसाता नेपाल आउने

tillotmacitynews - 2021 Jul 09 04:39 PM
IMG

असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी।अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो ।


यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं ।’अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं ल्याइएको छ । ८ साउनभित्र २० लाख आइसक्नेछ ।

कमेन्ट गर्नुहोस्