
असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा काेराेना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थलेको छ । एउटै परिक्षण दरमा पनि संक्रमण बढिरहेको हो । यसले गर्दा सक्रिय संक्रमितको संख्यापनि बढेको हाे । पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २२ जना निको भएका छन्। २०३ जनाको नमुना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १४, तिलोत्तमा नगरपलिकामा ९, कञ्चन गाउँपालिकाका ३, देबदह नगरपालिका , सैनामैना नगरपालिका र राेहिणी गाउँपालिकामा २-२ जना, शियारी, ओमसतिया, सुद्धाेधन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १-१ जना संक्रमित थपिएका हुन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा र छुटेको विवरण गरि कोरोनाबाट ५ जना संक्रमितको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २१५ रहेको छन् ।
कमेन्ट गर्नुहोस्