लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

IMG

असार १५ गते मंगलबार २०७८  दाङ । दाङ–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर–३ शिरखोलामा यात्रु बाहक बस दुर्घटना भएको छ । सल्यानदेखि बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस बेलुकी साढे छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य र मध्यम रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । बस सडकदेखि झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्