लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

IMG

असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।


कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना रहेका छन् ।त्यस्तै कास्कीमा १२७, नुवाकोटमा ११०, मोरङमा ९९, झापामा ६८, तनहुँमा ५४, सुर्खेतमा ५०, चितवनमा ४३, मकवानपुरमा ३६, सुनसरीमा ३५, कैलालीमा २८, नवलपरासी पूर्व र सर्लाहीमा २४÷२४, काभ्रेमा २२, लमजुङमा १६, रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्