लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २९१८ जनामा कोरोना, ५१४७ संक्रमणमुक्त

tillotmacitynews - 2021 Jun 14 01:20 PM
IMG

जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा नेपालमा २९१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०४९ र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 


यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १० हजार ५२१ र एन्टिजेनबाट २१ हजार ३३९ जना पुगेको छ । यस्तै, आज थप ५ हजार १४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुनेको दर ८७.८ प्रतिशत छ ।आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ४६५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्