लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिनावारीका बेलाको पेट दुखाई कम गर्न दही सेवन उपयोगी

tillotmacitynews - 2021 Jun 14 01:07 PM
IMG

जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो । अधिकाशं महिलामा यस प्रकारको पेट दुखाई हुने गर्दछ तर कसै कसैलाई महिनावारीका बेला अत्याधिक पेट दुख्ने गर्दछ । जसले गर्दा नियमित कामकाज गर्न पनि गार्‍हो हुन्छ ।महिनावारीका बेला पीडाका कारण ८० प्रतिशत महिला चिन्तित हुन्छन् । तर एक अध्ययन अनुसार महिनावारीका बेला हुने पेटको दुखाईमा नियन्त्रण पाउन दही सेवन उपयुक्त हुने देखिएको छ । यो बेलाको पीडामा महिलाले दैनिक २ कप दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम हुने देखिएको छ ।


दहीमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइन्छ । जसले हर्मोनहरू इस्ट्रेजेन र प्रोजेस्ट्रोन को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्दछ । साथै दहीको नियमित सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ ।

कमेन्ट गर्नुहोस्