लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिका माबिकी पूर्व शिक्षिका एबम बादल पत्नी नैनकला सञ्चारमन्त्री

IMG
जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

थापाले बुटवलको तत्कालीन कालिका माध्यमिक (हाल कालीका मानवज्ञान माध्यमिक) बिद्यालयमा २०४३/४४ सालको समयमा ३–४ वर्ष अध्यापन गरेको उनी संगै अध्यापन गरेकी सोही बिद्यालयकी पूर्व शिक्षिका डमरु पूनले जानकारी गराईन् । उनी सोझो स्वभावकी रहेको बताउँदै उनले रिस नउठ्ने र सधै हाँसी रहने बानी रहेको बताईन् ।बुटवल राजमार्ग चौरहा (लखन चोक) नजिकै माईती घर आउँदा उनी पछि पनि बिद्यालय आउने गरेको पारिवारीक स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्