लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी द्धारा विपन्नलाई राहत प्रदान

IMG

जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनाा पालपाको  रैनादेबी छहरा गाँउपालीका वडा न. ७ का  गहते, काउले , चिदिपानी , लौतपानी , सुकादमार र बल्ढेङ्गमा रहेका ६८ घर परिवारका बिपन्न् परिवारका  खाद्यान वितरण गरेको छ ।  राहत वितरण अभियानमा राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपाल ले २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने  सोहि स्थानमा जन्म भइ हाल यु.के.  भोज बहादुर लम्तरी, सोहि स्थानमा जम्म भइ हाल चितवनमा बस्तु हुने कल्पना खड्का, पाल्पा    बल्ढेङ्गगढीमा  जन्म स्थान भई  विभिन्न स्गानमा बस्दै आएका व्याक्तिहरुले सहयोग सौजन्य गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।



सिद्धार्थ बिकास केन्द्रद्धारा २ जना गर्भवती , एक जना सुत्केरी , ४ जना  किशोरीलाई मर्यादा किट संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले उपलब्ध गराएका थिए ।  राहात तथा स्वाथ्य सामग्री वितरण कार्यक्रममा संस्थाका रूपन्देही,कपिलबस्तु, पाल्पा शाखाको संयोजकत्वमा भएको  हो ।मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामामा राहत वितरण गरिएको हो । मेचीमहाकाली बुहारी संयुक्त आवाज नाराणी अन्चल सल्लाहकार तथा समाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी   कपिलबस्तु संयोजक चन्द्रा अर्याल लगाएतका व्याक्तिहरूले मन्तब्य राखेको लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन । 


यो भन्दा पहिला पनि उक्त ठाउमा रहेको गहते मा बि. मा अक्षय कोष तथा स्टेसनरि र व्याग बितरणा गरेको  प्रदेश अध्यक्ष लता खण्ड्काले जानकारी दिईन । भौगोलिक रूपमा कठिन  रहेका गाउहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेस्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष यमु शर्मा सुब्वा ले जानकारी दिईन । रूपन्देहीका सदस्य इश्वरी पन्त भुषालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन  रूपन्देही शाखाका सह सचिब इन्द्र बि.क ले गरेकी थिईन ।

कमेन्ट गर्नुहोस्