लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा पहुँचको आधारमा खोप, ३ पालिकाका स्वास्थ्यकर्मीलाई कारवाही

tillotmacitynews - 2021 Jun 10 11:04 AM
IMG

जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। कोरोना बिरुद्धको चिनिया खोप भेरोसिलको पहिलो डोज अहिले जिल्ला भरि लगाएर सकिएको छ । ६२ बर्ष देखी ६४ बर्ष समूहका लागी आएको यो खोप लक्षित समूहलाई आए पनि स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको दबावमा लक्षित बाहेकलाई लगाईएको पाईएको छ ।

६२ देखी ६४ बर्ष उमेर समूहका नागरिकहरु खोपको लागी पालो कुर्दै लाईन लागे पनि उनिहरुलाई बिभिन्न बहानामा फर्काईदै पहुँचकै आधारमा उक्त उमेर समूह भन्दा बाहेकका ब्यक्तिहरुले खोप केन्द्रबाटै खोप लगाएका छन् ।


जिल्लाको रोहिणी गाउँपालिकामा त स्वास्थ्यकर्मिले १६ भाईल खोप नै लुकाईदिएको प्रमुख जिल्ला अधिकारीकै भनाई छ । लुकाईएको १६ भाईल खोप प्रहरी लगाएर खोजी गरिएको थियो । खोप लुकाएर आफु अनुकुल आफ्ना नजिकका ब्यक्तिहरुलाई खोप दिने नियत राखिएको पाईएको थियो । रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मी, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगर पालिकाका स्वास्थ्यकर्मीलाई तोकिएका ब्यक्ति भन्दा अन्यलाई खोप लगाईएको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्यवाहीको तयारी गरेको छ ।


खोपको आशमा बसेका कतिपय जेष्ठ नागरिक भने खोप नै नपाई घर फर्किएका थिए । अझ फागुन ३३ गते देखी २५ गते सम्म पहिलो डोज लगाएका जेष्ठ नागरिकहरुमा पनि पहुँचकै आधारमा खोप लगाइएको भैरहवाका अगुवा जेष्ठ नागरिक बनमाली निराकारको गुनासो छ । “म संगै पहिलो डोज खोप लगाएका साथीहरुले भनसुन गरेर मैले खोप लगाए तपाईले पनि कसैलाई भनेर खोप लगाउनुस भनेर जानकारी दिए । तर मैले कसैलाई चिनेको थिईन र गलत बाटो गएर खोप लगाउन पनि सकिन ।” साहित्यकार समेत रहेका निराकारले भने २०६८ सालको जनगणना अनुसार रुपन्देहीमा यो उमेर समूहका नागरिकको संख्या १८ हजार छ ।


जिल्लामा १४ हजार ५५ जनालाई मात्र पुग्ने खोप आएको छ । सबैलाई पुग्ने खोप नआएपछि ३ हजार ४ सय ४५ जना यो उमेर समूहका नागरिक भने खोप लगाउनबाट बञ्चित हुनु पर्ने हो । तर आएको खोप पनि जिल्लामा पुरा रुपमा खपत हुन पाएन । १४ हजार ५५ जनालाई पहिलो डोज पुग्ने गरि आएको खोप विवाद भए पछि ११ हजार ४ सय ५८ जनालाई मात्र लगाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले जानकारी दिए । गिरीका अनुसार २ दिनमा रुपन्देहीमा लक्षित समूहका मध्ये ८२ प्रतिशतले खोप लिएका छन् ।


लक्षित समूह भन्दा बाहिर गएर खोप दिएका स्वास्थ्यकर्मीलाइ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यवाही गर्ने तयारी गरे पनि उनिहरुको यो बदमाशी प्रति कुन ऐन लगाउनेमा भन्न प्रशासन नै अन्यौलमा रहेको छ । “यस सम्बन्धि स्पष्ट कानून नरहेको के सजाय गर्ने बिषयमा स्पष्ट छैन ।” रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने प्रजिअ तामाङले खोपमा स्थानिय तहका जनप्रतिनिधि भन्दा पनि स्वास्थ्यकर्मिले बदमाशी गरेको बताएका छन् । उनले स्वास्थ्यकर्मिर्ला उमेर समूह तोकी स्पष्ट रुपमा सोही समूहलाई खोप लगाउन भने पनि उनिहरुले बदमाशी गरेको टिप्पणी गरेका छन् । जिल्ला खोप समन्वय तथा अनुगमन समिति संयोजक समेत रहेका प्रजिअले उनिहरुलाई कार्यवाही गर्न र अन्य बिषयमा छलफल गर्न आजै समितिको बैठक पनि बोलाईएको जानकारी दिए । साभार;ग्लोबलआवाज 

कमेन्ट गर्नुहोस्