लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आज थपिए ४८ कोरोना संक्रमित !

IMG

जेष्ठ २६ गते बुध बार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४९७ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।थपिनेहरुमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जना, सिद्धार्थ नगरपालिका र सैनामैना नगरपालिका ५/५ जना, देवदह नगरपालिकामा ७ जना, कञ्चन गाउँपालिका र ओमसतिया गाउँपालिकामा १/१ जना र शुद्धोधन गाउँपालिकामा ३ जना संक्रमित थपिएका हुन् ।यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ४९१ पुगेको छ । हाल जिल्लामा १ हजार ८६ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा निको हुनेको संख्या २५ हजार ९५८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४५७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्