लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन् १० बच्चा, राखिन विश्व रेकर्ड

IMG

जेष्ठ २६ गते बुधबार २०७८ तिलोत्तमा सिटी। हालसम्म ८ वटा सम्म बच्चा पाएको देखेको विश्वका मानिसको अगाडी बैज्ञानिकता मै प्रश्न उब्जाउने खालको घटना दोहोरिएको छ। दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।





कमेन्ट गर्नुहोस्