लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोभिड अस्पतालको शुल्क अनुगमन गर्न वाणिज्यलाई निर्देशन

tillotmacitynews - 2021 Jun 08 02:15 PM
IMG

जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। कोरोना उपचारमा तोकिए भन्दा बढी शुल्क लिएको बारे अनुगमन गरेर कारबाही गर्न स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालहरुले कोभिड बिरामीसंग लिईरहेको उपचार शुल्कबारे अनुमगन गर्न वाणिज्यलाई आग्रह गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले वाणिज्यलाई पठाएको पत्रमा उल्लेख छ।

सामान्य अवस्थाका कोभिड बिरामीका लागि दैनिक तीन हजार पाँच सय, मध्यमका लागि सात हजार र गम्भीरका १५ हजार रुपैयाँ सरकारको तोकेको र यदी बिरामीले आफैले उपचार खर्च व्यहोर्ने हो भने तोकिएको शुल्कमा अस्पतालले अधिकतम् ५० प्रतिशत मात्रै शुल्क थप गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।साथै सबै सरकारी अस्पताल र स्वास्थ्य मन्त्रालयसँग सेवा सम्झौता गरी सेवा प्रदान गर्न सूची सार्वजनिक भएका अस्पतालको अनुगमन गर्न पनि स्वास्थ्य मन्त्रालयले वाणिज्यलाई भनेको छ ।

कमेन्ट गर्नुहोस्