लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ७८ संक्रमित थपिए, २३२ निको

tillotmacitynews - 2021 Jun 05 01:11 PM
IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २४८ जनाको कोरोना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको भने २३२ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा १४ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र कञ्चन गाउँपालिकामा ६/६ जना, ओमसतिया गाउँपालिकामा ४ जना, सियारी गाउँपालिकामा ३ जना, मायादेवी गाउँपालिकामा २ जना, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।


यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ३४ पुगेको छ । जसमध्ये २५ हजार १७० जना निको भएका छन । हाल जिल्लामा १ हजार ४१७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्