लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

tillotmacitynews - 2021 Jun 05 09:22 AM
IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ।प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।


मन्त्रालयले कोरोना संक्रमण लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शøया छुट्याउन परिपत्र गरिएको छ ।तेस्रो र चौथो लहर आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने भएकाले वैकल्पिक अक्सिजन व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्