लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको प्रतीक्षामा नेपाल

tillotmacitynews - 2021 Jun 02 03:18 PM
IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ ।कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ ।नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । 


अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।अहिलेसम्म चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । नेपालले विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईलाई हराएको थियो भने एक मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा निकालेको थियो ।नेपाल र चाइनिज ताइपेई पहिलो पटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । यस्तै २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवै जना नेपाली टोलीसँगै कुवेतमा छन् ।


छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । चाइनिज ताइपेई विरुद्ध खेलेका १० खेलाडी अहिले पनि नेपाली टिममा छन् ।फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्