लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिजीले गर्यो ईन्टरनेट सेवाको सुरुवात, महिनाको ९९९ मा हाइस्पिड नेट दिने

IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी।  सबैभन्दा छिटो , सबैभन्दा सस्तो । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्सले आजको मिति देखि काठमाडौँ उपत्यकामा इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको (MBPS) इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ र वार्षिक ११,९८८  रुपैयाँ निर्धारण गरेको छ। सिजी नेट ले विभिन्न प्याकेजमा सुविधा दिएको छ। उक्ति प्याकेजहरु अरु I.S.P का प्याकेजहरु को तुलनामा निकै सस्तो देखिन्छ।


सुरुमा जडान गर्दा कम्पनीले जडान शुल्क तथा तारलाई (DROP WIRE)  निशुल्क गरिएको जानकारी दिएको छ। सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ।शुरुवातमा ईन्टरनेट सेवा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले ईन्टरनेट  सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने कुरा स्रोतले जनाएको छ।


  दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको र माग पनि बढेको छ । नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दहि्रलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी नराखि मुलुकलाई डिजिटल युगमा लैजान यो सेवाको उपस्थितिको  ठूलो अर्थ राख्ने कुरा चौधरी ग्रुपले जनाएको छ।

कमेन्ट गर्नुहोस्