लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वाट्टै घट्यो रुपन्देहीमा कोरोना दर,५० जनामा संक्रमण, ३७८ जना निको

IMG

जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको भने ३७८ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ । जिल्लामा हिजो १४७ जनामा संक्रमित थपिएका थिए भने ८९० संक्रमणबाट मुक्त भएका थिए ।


स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमण पुष्टि भएको छ । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९/९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५८१ पुगेको छ । जसमध्ये २४ हजार ३३३ जना निको भएका छन । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४३८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्