लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकारलाई देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार

IMG
जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाल सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने भएको छ ।नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई प्रेस काउन्सिलले उपलब्ध गराउने उपचार सुविधा कार्डको आधारमा देशभरका सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो ।अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै पत्रकारलाई आगामी साउनदेखि निशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।सरकारले पत्रकारलाई ७ लाख रुपैयाँको दूर्घटना बिमाको व्यवस्था गरी बिमांक रकमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए ।कोरोना महामारीबाट प्रभावित रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा दिइनेछ ।

कमेन्ट गर्नुहोस्