लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबै सामूदायिक विद्यालयमा २ वर्षभित्र निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले आगामी २ वर्षभित्र सबै सामूदायिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।यस उद्देश्य प्राप्तिका लागि चालु आर्थिक वर्षभित्र मुलुकभरका ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने उनले बताए । विद्यालय जान नपाउने विद्यार्थीका लागि नेपाल टेलिभिजनमार्फत् शैक्षिक सामग्रीको व्यवस्था मिलाइने उनको भनाइ छ ।


कमेन्ट गर्नुहोस्