लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना विरुद्धको खोप खरिदका लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन गरेको जानकारी दिए ।त्यस्तै कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।


स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि :

सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए । निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरे।स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन भएको छ ।

कमेन्ट गर्नुहोस्