
जेष्ठ १४गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँको फोक्सोमा समस्या देखिएको डाक्टरले बताएका छन् ।थापाकाे स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताउनु भएको छ ।थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग सङ्कलन गर्न सकिने मिश्रले बताउनुभएकाे छ । साथै खल्ती र ई–सेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस्