लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमापछि सैनामैनामा बुद्ध जन्मीएकै दिन बुद्धको मूर्ति तोडफोड

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी। केहि बर्ष पहिले तिलोत्तमामा अराजक समूह द्वारा बुद्धको मुर्ति तोडफोड गरिएको घटना सेलाउन नपाउदै रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत कञ्चन जोड्ने सडकमा राखीएको बुद्धको मुर्ति तोडफोड गरिएको छ । रुपन्देहीको सैनामैना वडा न.८ बासगढी किराँतेश्वर मन्दिर नजिक राखिएको भागवान गौतम बुद्धको मुर्ति तोडफोड भएको हो । बुद्ध जयन्तीकै दिन आज बुद्धका मूर्ति तोडफोड भएको हो । गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको स्थानीयहरुले बताएका छन् ।मूर्ति तोडफोड गरिएको स्थान बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिकै पर्दछ ।


किराँतेश्वर मन्दिर ब्यवस्थापन समितिको संरक्षणमा राखिएको उक्त बुद्धको मुर्ति तोडफोडले धार्मिक सद्भाव खल्बल्याउने प्रयास भएको छ ।बुद्धिमूर्ति तोडफोड भएको विषयमा बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण भएको छ । बुद्धमूर्ति तोडफोड गरिनु धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास भएको बताउदै बुद्धकोमूर्ति तोडफोडमा संलग्नको खोजी कार्य गर्न प्रहरीलाई अपिल गरेको छ । घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही अघि बढाउन माग गरेको छ।


‘विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भएको हुँदा यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित महासंघले सबै नेपालीहरूमा अपिल गरेको छ ।बुद्धमूर्ति तोडफोड गर्नेहरुको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजाले बताए ।

कमेन्ट गर्नुहोस्