
जेष्ठ ७ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७५२, रूपन्देहीमा ६७२, मोरङमा ६३९, कैलालीमा ४१९, ललितपुरमा ४०० र काभ्रेमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।यस्तै भक्तपुरमा २९५, कास्कीमा २८२, झापामा २३६, चितवनमा २३३, सिन्धुपाल्चोकमा २३१, सुनसरीमा १९३, दाङमा १८६, सुर्खेतमा १७९, धनुषामा १३८, अछाममा १३५, बैतडीमा १३१, महोत्तरीमा ११३,गोरखामा ११२, मकवानपुरमा १११ र नवलपरासी पूर्वमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।दोलखामा ९९, कञ्चनपुरमा ९६, तनहुँमा ७८, धादिङमा ७६, सिरहामा ६२, बाँकेमा ५३, ताप्लेजुङ र सप्तरीमा ५२/५२ जना,म्याग्दी र लम्जुङमा ४९/४९ जना, सिन्धुलीमा ४८, पर्वतमा ४५, रसुवामा ४२, पर्सामा ४०,गुल्मीमा ३९,रोल्पामा ३६, रौतहट र नवलपरासी पश्चिममा ३५/३५ जना संक्रमित थपिएका छन् ।
यस्तै खोटाङ र दैलेखमा ३४/३४ जना, स्याङजामा ३२,पाल्पा र डोटीमा ३०/३० जना, बारामा २९, तेह्रथुममा २७, पाँचथरमा २५,कपिलवस्तुमा २२, सर्लाहीमा १६, दार्चुलामा १५, धनकुटा र अर्घाखाँचीमा १३/१३ जना, सोलुखुम्बु र डडेल्धुरामा १२/१२ जना र रामेछापमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै संखुवाभा र कालिकोटमा ९/९ जना, उदयपुरमा ८, इलाम र बर्दियामा ६/६ जना, बागलुङमा ५, रूकुम पश्चिमा ४, प्युठान र सल्यानमा ३/३ जना, ओखलढुंगा र भोजपुरमा २/२ जना तथा मुस्ताङ, रूकुम पश्चिम, डोल्पा, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।यस्तै ९ वर्ष मुनिका १८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ६०७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्