लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१६ कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माए

IMG

जेष्ठ ३ गते सोमबार २०७८ तिलोत्तमा सिटी। कोरोनाको द्रासो लहर सुरु भएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये १६ जनाले शल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत भएर आएका चार जना रहेका छन्।


रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै कोरोना संक्रमित गर्भवत्तीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले कोभिड संक्रमित महिलाको प्रस्तुतिको लागि छ्ट्टै व्यवस्था गरेको सुचना अधिकारी गौतमले बताए । प्रादेशिक अस्पताले कोरोनाको पहिलो लहरमा संक्रमित गर्भवत्ती महिलाहरुको शल्यक्रिया गर्न आनाकानी गरेको थियो । अस्पतालमा पहिलो पटक २०७७ भदौं १५ गते संक्रमित गर्भवत्तीको शल्यक्रिया भएको थियो।


यस्तै दास्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी भएपछि अस्पतालमा सुत्केरी हुने संख्यामा कमी आएको अस्पताल प्रशासनले जनाएको छ । सामान्य समयमा दैनिक ५० देखी १०० जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरेका थिए । तर निषेधाज्ञा सुरु भएदेखि भने दैनिक १५ देखी २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको डा. गौतमले बताए ।

कमेन्ट गर्नुहोस्